arin enterprises

'सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद'

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले सभामुखलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद भएको बताउनुभएको छ ।

ट्वीटमार्फत सभापति देउवाले भनेका छन्, ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ ।’

संवैधानिक परिषद सम्वन्धि अध्यादेशमा नेपाली काँग्रेसको प्रष्ट विमति रहेको पनि बताउनुभएको छ ।

ट्वीटरमा ट्वीट गदै देउवाले संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको समेत भनेका छन् ।

‘संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्वन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ,’ देउवाले लेखेका छन्, ‘यसबाट सर्वसत्तावाद झनै प्रष्टिएको छ ।’

 

Categorized in राजनीति