चलचित्र ‘तिमी जस्ती’ को घोषणा
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

क्रिएशन अडियो भिडियो प्रा.लि.को ब्यानरमा नेपाली चलचित्र ‘तिमी जस्ती’ बन्ने भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्रको घोषणा गरिएको छ ।
चलचित्रका कलाकार, पत्रकार र चलचित्रकर्मीहरुको सिमित संख्याको उपस्थितीबीच चलचित्रको घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै चलचित्र उद्यमी साथै नेपाल चलचित्र संघका उप महासचिव गोपालकाजी कायस्थले चलचित्र उद्योगलाई चलायमान बनाइराख्न नेपाल सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बिचार राखे ।
महामारी र लकडाउनका कारण थलिएको चलचित्र उद्योगलाई उकास्नका लागि सरकारले कर छुट लगायतका योजनाहरुमा ध्यान दिनुपर्नेमा कायस्थले जोड दिनुभयो ।
लकडाउन खुलेसँगै अन्य सबै क्षेत्र खुलिसकेर पनि सिनेमा हल खोल्नका लागि सरकारले ध्यान नदिएको अवस्थामा हल संचालकहरु स्वयम्ले पुष १० गतेबाट हल खोल्न लागेको उहाँले दोहोर्याउनुभयो ।
चलचत्रिका निर्देशक राजु अर्यालले पैसा कमाउनका लागि नभई समाजलाई सन्देश र शिक्षा दिन चलचित्र निर्माण गर्न लागेको बताउनुभयो ।
समाचारडेस्कका सम्पादक बिराजकाजी राजोपाध्यायले महामारीले थलिएको चलचित्र उद्योगलाई उकास्न सम्पूर्ण चलचित्रकर्मी एक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा करियोग्राफर राम प्यासी, चलचित्रका नायक जगतराज रेग्मी लगायतले आ–आफ्नो विचार राखेका थिए ।
रवि राजोपाध्यायले निर्माण गर्न लागेको यस चलचित्रको कथा समीर जोशीले लेखेका छन् ।
चलचित्रमा सिमरन कार्की, राजकुमारी राई, मनिषा सिलवाल, अनिता मल्ल ठकुरी, राम तिमिल्सिना, विदुर पोखरेल (सुके डन), साकार गैरे, अखिल दिपक लगायतले अभिनय गर्न लागेका छन् ।
Categorized in पेजथ्री