arin enterprises

परिक्षणको १३ दशमलव २४ प्रतिशतमा कोभिड संक्रमण

SamacharDesk – बिकाश | २०७७ पौष १, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा परिक्षणको १३ दशमलव २४ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा ७ सय ३६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ ।

देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ५ हजार ५ सय ५५ वटा नमूना परिक्षणमा २ सय ९१ जना महिला र ४ सय ४५ जना पुरुषहरुमा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ ।

त्यस्तै हालसम्म १८ लाख ४९ हजार एक सय ३६ वटा स्वाब नमूनाको आरटीपिसिआर परिक्षण गरिएको छ ।

पछिल्लो पटक ८ सय ४७ जना संक्रमित निको भएका छन् । हालसम्ममा २ लाख ३९ हजार ४ सय १६ जना संक्रमितले कोरोना भार्ईरसलाई हराएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ७ सय ४३ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ रहेको छ । तीमध्ये ६ हजार ९४ जना होम आइसोलेसनमा छन् भने ३ हजार ६ सय ६३ जना संस्थागत आइसोलेसनमा छन् ।

क्वारेन्टीनमा रहनेको संख्या ४ सय ५२ जना रहेको छ । २ सय ८९ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५९ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ३७, प्रदेश २ मा ११, वागमती प्रदेशमा एक सय ४, गण्डकी प्रदेशमा ८२, लुम्बिनी प्रदेशमा ४३, कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा ६ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ७, प्रदेश २ मा २, वागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेश ४ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५९ जना भेन्टिलेटरमा छन् ।

हाल मनाङ जिल्ला मात्रै संक्रमण शुन्य रहेको छ । काठमाडौं, ललितपुर र कास्कीमा ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् ।

Categorized in राष्ट्रिय