arin enterprises

फेरीयो ईन्द्रजात्राका गणेश

SamacharDesk – कल्चर ब्यूरो डेस्क | २०७७ पौष ३, शुक्रबार

फेरीयो ईन्द्रजात्राका गणेश ईन्द्रजात्रामा कुमारीसँगै रथ जात्रा गरिने जिवीत देव गणेश फेरीएको छ । आज आवश्यक विधि पुरा नयाँ गणेश प्रतिस्थापन गरिएको हो ।

काठमाडौंको पाछैगल्लीका साढे ४ वर्षीय रोदिनमान शाक्यलाई नयाँ गणेशको रुपमा प्रतिस्थापन गरिएको हो । यसअघि गत १४ वर्षदेखि पाको नयाँ सडकका समवेग शाक्य गणेश बन्दै आएका थिए ।

काठमाडौं तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले विधिअनुसार आवश्यक पूजा सम्पन्न गरी रोदिनमानलाई नयाँ गणेशको रुपमा प्रतिस्थापन गरिएको हो ।

सो क्रममा पुराना गणेश समवेगको पाकोस्थित घरबाट आवश्कय सामग्री पाछैगल्लीमा रोदिनमानको घरमा ल्याई पूजाविधि सम्पन्न गरिएको हो ।

दिनेशमान शाक्य र रोजि शाक्यका सुपुत्र रोदिन हाल स्वयम्भुस्थित मैत्री विद्यालयमा यूकेजीमा अध्ययनरत छन् ।

गत दुई वर्षदेखि ईन्द्रजात्राका गणेश र भैरव परिवर्तन गर्ने कुरा चर्चामा रहेपनि विभिन्न कारणले हुन सकिरहेको थिएन ।

Categorized in संस्कृति