प्रचण्डलाई भेट्न ओली पुगे खुमलटार
SamacharDesk – बिकाश | २०७७ पौष ४, शनिबार

प्रचण्डलाई भेट्न ओली पुगे खुमलटार प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ ।
सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा पुगिरहँदा भएको यो भेटलाई धेरैले अर्थपूर्ण रुपमा लिइरहेका छन् ।
कोरम नपुगेर वैठक बस्न नसकेको भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको थियो ।
गत बुधबार प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता लिन सहमति जनाएका थिए । योसँगै कार्यकारी अध्यक्ष प्रचण्डले पनि आफ्नो पक्षबाट विशेष अधिवेशन आह्वानको हस्ताक्षर फिर्ता गर्ने सहमति जनाएका थिए ।
तर प्रधानमन्त्री ओलीले अहिलेसम्म अध्यादेश फिर्ता लिएका छैनन् भने कार्यकारी अध्यक्ष प्रचण्डले हिजै मात्र अध्यादेश फिर्ता नलिए एक्सन लिने चेतावनी दिएका छन् ।
उहाँहरुबीच हिजो पनि बालुवाटारमा छलफल भएको थियो ।
प्रचण्ड–नेपाल समूहले ओलीलाई पद त्याग्न दबाब दिँदै आएका छन् भने प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडानमा ओली छन् ।
Categorized in राजनीति