arin enterprises

५ सय बढि सक्रिय संक्रमित दुई जिल्लामा मात्रै

SamacharDesk – बिकाश | २०७७ पौष ६, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ४२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । ६ हजार ३ सय ५१ वटा नमूनाको आरटि पिसिआर परिक्षण गरिँदा २ सय ९४ जना महिला र ४ सय ४८ जना पुरुषहरुमा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २ लाख ५५ हजार ५ सय १४ पुगेको छ ।

काठमाडौं उपत्यकामा भने पछिल्लो पटक एक सय ३० महिला र एक सय ८१ पुरुष गरी ३ सय ११ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये २ सय ३५ जना काठमाडौंबाट रहेका छन् भने ललितपुरबाट ५५ र भक्तपुरबाट २१ जना छन् ।

पछिल्लो पटक एक हजार ९७ जना संक्रमित निको भएसँगै कोभिड संक्रमण निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ जना संक्रमितले कोरोना भाईरसलाई हराएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ७ सय ९५ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७६ रहेको छ । क्वारेन्टीनमा रहनेको संख्या ४ सय २१ जना रहेको छ ।

संक्रमण शुन्य रहेको जिल्लामा मनाङसँगै मुगु पनि थपिएको छ ।

५ सय भन्दा बढि संक्रमित जिल्ला भने दुई वटा मात्रै रहेको छ । अब काठमाडौं र ललितपुरमा मात्रै ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् ।

Categorized in राष्ट्रिय