भारतमा संक्रमण दर घट्दै, निको हुनेको दर बढ्दै
SamacharDesk – बिकाश | २०७७ पौष ७, मंगलबार

भारतमा नयाँ संक्रमणमा कमी आउँदै भारतमा कोरोना भाइरस (कोभिड १९) का संक्रमणमा कमी आइरहेको बताइएको छ । गएको ५ जुलाईदेखि भारतमा संक्रमण दर धमाधम घट्रदै गएको बीबीसीले बताएको हो ।
भारतमा पछिल्लो २४ घन्टामा १९ हजार ५ सय ५६ जना नयाँ संक्रमित भेटिएको भारतीय संचारमाध्यमले जनाएको छ । ३ सय एक जना संक्रमितको भने मृत्यु भएको छ ।
यहाँ अहिले २ लाख ९२ हजार ५ सय १८ सक्रिय संक्रमितहरु उपचाररत छन् ।
पछिल्लो २४ घन्टामा संक्रमण निको हुनेको संख्या भने ३० हजार ३ सय ७६ जना रहेको छ ।
कोरोना महामारीबाट बढि प्रभावित दोश्रो मूलुक भारतमा अहिलेसम्म १ करोड ७५ हजार एक सय १६ जना संक्रमित भइसकेका छन् भने एक लाख ४६ हजार एक सय ११ को मृत्यु भइसकेको छ । निको हुनेको संख्या भने ९६ लाख ३६ हजार ४ सय ८७ पुगेको छ ।
भारत संक्रमणा निको हुनेको दर उच्च रहेको मूलुकमध्येमा पर्छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ संक्रमण निको हुनेको दर बढेर ९५ दशमलव ५३ प्रतिशत पुगेको छ ।
Categorized in अन्तर्राष्ट्रिय