संसद विघटनको विरोधमा जसपाको विरोध प्रदर्शन
SamacharDesk – बिकाश | २०७७ पौष ७, मंगलबार

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैरसंवैधानिक भएको भन्दै यसविरुद्ध कतै विरोध प्रदर्शन त कतै रणनीति तय गर्न वैठकहरु जारी रहेका छन् । प्रतिपक्षी दलहरु मात्र होइन, सत्तारुढ दल समेत यस विरुद्ध मोर्चाबन्दी गर्दै भावी रणनीति तय गर्न लागिपरेका छन् ।
यसैक्रममा भोलि प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) काठमाडौं जिल्लाले काठमाडौंको भित्री वस्तीमा विरोध प्रदर्शन गर्न लागेको छ ।
संसद विघटनको निर्णय फिर्ता लिन माग गर्दै भोलि असनबाट विरोध जुलुस निकालिने जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले जानकारी दिएका छन् । असनबाट शुरु हुने जुलुसले काठमाडौंको भित्री वस्तीको परिक्रमा गर्दै बाङ्गेमुढा पुगेर कोणसभामा परिणत हुनेछ ।
कोणसभालाई जसपाका शिर्षस्थ नेता राजेन्द्र श्रेष्ठले सम्वोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष प्रजापतिले बताए ।
Categorized in राजनीति