arin enterprises

नेकपा द्वन्द्वबीच दुवै समूहबाट आज भएका निर्णयहरु

SamacharDesk – बिकाश | २०७७ पौष ७, मंगलबार

पार्टी फुटेको आधिकारिक घोषणा मात्रै हुन बाँकि रहेको सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा अहिले दुई समूहबीच समानान्तर वैठक बसी अलग अलग निर्णयहरु गर्ने क्रम चलिरहेको छ ।

आजै प्रधानमन्त्री साथै नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको वैठक बालुवाटारमा बसेर केन्द्रीय कमिटीमा ५ सय ५६ जना थप्न गरिएको प्रस्तावलाई अनुमोदन गरेको छ ।

साथै प्रधानमन्त्री ओलीले एक हजार एक सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटीको पनि घोषणा गरेका छन् ।

त्यस्तै ओली पक्षधरले पार्टी प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने निर्णय पनि गरेको थियो ।

फेरी उता प्रचण्ड–नेपाल पक्षको माईतीघरस्थित कार्की ब्यांक्वेटमा भएको केन्द्रीय सदस्य वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।

त्यस्तै वैठकले ओलीको स्थानमा माधवकुमार नेपाललाई पार्टी अध्यक्षमा चयन गरेको छ । त्यसैगरी पुर्व सभामुख कृष्ण बहादुर महरालाई स्थायी कमिटीको रिक्त सदस्यमा चयन गरिएको छ ।

प्रचण्ड–नेपाल समूहकाे वैठककाे निर्णय भने पार्टी प्रवक्ताकाे हैसियतले नारायणकाजी श्रेष्ठले नै सुनाएका थिए ।

पार्टी एकताको प्रक्रिया नै पुरा नहुँदै विभाजनको संघारमा आइपुगेको नेकपा पार्टीमा ओली र प्रचण्ड–नेपाल पक्षबीच एक अर्कामा दोषारोपण र अलग अलग वैठक बस्दै एक अर्काको विरुद्धमा निर्णय गर्ने श्रृङ्खला तीव्र भएको छ ।

यसैबीच दुवै पक्षले आ–आफ्नो समूहलाई आधिकारीक भन्दै पार्टीको नाम र चुनाव चिन्हमा दावी देखिएको छ ।

अहिलेको परिस्थितीमा दुवै समूह आ–आफ्नो समूहमा गणपुरक संख्या देखाई आफ्नो पक्ष बलियो बनाउन लागिपरेको छ ।

Categorized in राजनीति