संसद विघटनविरुद्धका सबै रिटहरु प्रधानन्यायाधिसले नै हेर्ने
SamacharDesk – बिराज | २०७७ पौष ८, बुधबार

संसद विघटनविरुद्ध परेका सबै रिटहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले हेर्ने भएका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका १२ रिट सबै नै प्रधानन्यायाधीश जबराले आफ्नै बेच्नमा तोकेका हुन् ।
प्रधानन्यायाधीशले कुन न्यायाधीशको इजलासमा पेशी तोक्छन् भन्ने सबैको चासोको विषय भइरहेका थियो । यस्तोमा सबै रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नै इजलासमा राखेर सुनुवाइ गर्ने भएका छन् ।
आज रिट निवेदकहरुको तर्फबाट एकतर्फी बहस शुरु हुनेछ । रिट निवेदकको माग बमोजिम आदेश गर्नुपर्ने परिस्थिति भए आजै अन्तरिम आदेश जारी हुने सर्वाेच्च अदालत स्रोतले जनाएको छ ।
संसद विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा एक दर्जन बढि रिट दायर भएका छन् ।
१३ वटा रिट निवेदन दायर भएकोमा एउटा रिट निवेदन सोझै संवैधानिक इजलासमा गएको छ । एउटा रिट निवेदनको सुनुवाई शुक्रवार हुने अदालत स्रोतले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारीस सोही दिन सदर गरी प्रतिनिधिसभा विघटन गरेकी थिइन् भने बैसाखको १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेकी थिइन् ।
Categorized in राजनीति