पत्रकार योगी अब गीतकार पनि
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आश्विन २८, आइतबार

केही दिन अघि पत्रकार शिवराज योगीले आफ्नो फेबसबुकमा लेखे ‘केही शब्द लेखि टोपलेँ । आदरणीय दाजु शिशिर योगीले आवाज दिनु भो । मिठो संगीतका लागि अर्जुन नेपाली सरलाई आभार ।’
योगी अगाडी लेख्छन् ‘सुदिप कोइराला सर पनि सम्झनाका पात्र हुनुहुन्छ । शाथी मिडियाका साथीहरूले दुःख गरेर चित्रमा उतार्नु भयो । सबैलाई धन्यवाद । एकपटक हेरिदिनुहुने प्रिय स्रोतालाई आभार ।’
आफ्नो रचनामा सार्वजनिक भएको पहिलो गीतको युट्युब लिंक शेयर गर्दै उनले यसो लेखेका हुन् । पत्रकार योगीको पहिलो गीत जिन्दगानी सार्वजनिक भएको हो ।
योगीको शब्द रहेको ‘जिन्दगानी’ गीत युटुयब मार्फत सार्वजनिक गरिएको हो । गीतमा शिशिर योगीको स्वर रहेको छ भने अर्जुन नेपालीको संगीत रहेको छ ।
यूट्युबमार्फत सार्वजनिक भएको गीतको म्यूजिक भिडियोलाई भक्त पौडलले निर्देशन गरेका छन् । छायाङ्कन दिपेश, विजयी र केशवको रहेको छ भने गिरीजा के.सी.ले दृश्य सम्पादन गरेका छन् । विनोद, प्रविन, कुसुम र सन्दिपले अभिनय गरेका छन् ।
गीतलाई साथी मिडिया प्रालिले उत्पादन गरेको हो ।
Categorized in पेजथ्री