arin enterprises

संसारभरि हर्षोल्लासका साथ क्रिसमस मनाईँदै

SamacharDesk – बिकाश | २०७७ पौष १०, शुक्रबार

आज डिसेम्बर २५, संसारभरिका क्रिश्चियन धर्मावलम्बीहरु क्रिसमस मनाउँदैछन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्म भएको दिनमा सम्झनामा आजको दिन क्रिसमस मनाउने गरिन्छ ।

येशुलाई जिसस वा जिसस क्राइस्ट पनि भनिन्छ ।

जिससले मानव समुदायका हितका लागि पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाइ छ ।

नेपालमा पनि क्रिसमसको अवसरमा विभिन्न कार्यक्रम र महोत्सवहरुको आयोजना गर्ने गरिएको छ ।

नेपालमा काठमाडौंको ठमेल, बौद्धको साथमा पोखरा लगायत ठाउँमा क्रिसमस मनाउनेहरु ठुलै संख्यामा जमघट हुने गर्दछ । यो अवसरमा उक्त क्षेत्रका बजारमा विशेष किसिमले सजाउँदै पसल, रेस्टुरेन्ट लगायतका स्थानमा छुट र विभिन्न अफरसहित विशेष महोत्सव नै हुने गर्दछ ।

क्रिसमस ट्रि, शान्ताको आकृती लगायतको सजावटले बजार र ठूला व्यापारिकस्थलको आकर्षण थपिने गर्दछ ।

क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लज हो । आजको रातमा रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरिर भएका सान्तालेसबैलाई उपहार दिने र खुशी बाँड्न आउँछन् भन्ने विश्वास छ ।

नेपालमा विसं २०६४ देखि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको थियो ।

पछिल्लो समय नेपालमा सामाजिक एवं पारिवारिक जमघटसँगै रमाईलो गर्दै गैर क्रिश्चियनले पनि क्रिसमस मनाउन थालेको देखिन्छ ।

Categorized in संस्कृति