५ हजार ११० नमूना परिक्षणमा ५ सय ११ जनामा संक्रमण पुष्टी
SamacharDesk – बिकाश | २०७७ पौष १५, बुधबार

पछिल्ला दिनहरुमा नेपालमा स्वाब नमूना परिक्षणको १० प्रतिशतको हाराहारीमा कोरोनाभाईरसको संक्रमण पुष्टि भइरहेको छ । आज पनि परिक्षणको १० प्रतिशतमै संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा गरिएको ५ हजार एक सय १० वटा स्वाब नमूनाको परिक्षणमा ५ सय ११ जनामा कोरोनाभाईरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ । २ सय ४ जना महिला र ३ सय ७ पुरुषमा संक्रमण पुष्टी भएको हो ।
तीमध्ये एक सय २९ महिला र एक सय ८३ पुरुष गरी ३ सय १२ जना काठमाडौं उपत्यकाबाट छन् । तीमध्ये २ सय २५ जना काठमाडौंबाट, ललितपुरबाट ४९ र भक्तपुरबाट ३८ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोनाभाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
हालसम्ममा १९ लाख २६ हजार ४ सय ७७ वटा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण गरिएको छ ।
गएको २४ घन्टामा संक्रमण निको हुनेको संख्या भने ६ सय रहेको छ । हालसम्म २ लाख ५१ हजार ९ सय १२ जनाले कोरोनाभाईरसलाई हराएका छन् ।
हालसम्म एक हजार ८ सय ४७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो पटक थप ७ जना संक्रमितको मृत्यु भएको छ ।
क्वारेन्टीनमा ३ सय ६२ जना छन् भने आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको छ । २ हजार ८ सय २३ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ४ सय ७७ संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
संक्रमण शुन्य रहेको जिल्लाहरु महोत्तरी, सर्लाही, सिराहा, मुगु र रुकुमपश्चिम छन् भने ५ सय बढि संक्रमित काठमाडौं जिल्लामा मात्रै छ ।
Categorized in राष्ट्रिय