५३४ नयाँ संक्रमित थप, ४४७ निको
SamacharDesk – बिकाश | २०७७ पौष १६, बिहिबार

केही दिन अघिबाट कोभिड १९ नयाँ संक्रमितको भन्दा निको हुनेको संख्या बढिरहेको अवस्थामा आज भने संक्रमितको संख्याको संख्या बढि छ ।
पछिल्लो २४ घन्टाको भित्रमा जम्मा ५ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् भने निको हुनेको संख्या ४ सय ४७ रहेको छ । देशभरका प्रयोगशालामा गरिएको ६ हजार स्वाब नमूनाको परिक्षणमा एक सय ९६ महिला र ३ सय ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये एक सय ३ महिला र एक सय ४४ पुरुष गरी २ सय ४७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा एक सय ८०, ललितपुरमा ४३ र भक्तपुरमा २४ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ ।
जम्मा परिक्षण संख्या भने १९ लाख ३२ हजार ४ सय ७७ पुगेको छ ।
निको हुनेको संख्या भने २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ ।
थप ९ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय ५६ पुगेको छ ।
३ सय ६२ जना क्वारेन्टीनमा छन् भने सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ रहेको छ । २ हजार ८ सय ७२ होम आइसोलेसनमा छन् भने ३ हजार ५ सय ६ संस्थागत आइसोलेसनमा छन् ।
महोत्तरी, मुगु र रुकुमपश्चिम गरी ३ वटा जिल्लामा संक्रमण शुन्य छ भने ५ सयभन्दा बढि संक्रमित रहेको जिल्लामा काठमाडौं मात्रै रहेको छ ।
Categorized in राष्ट्रिय