चाबहिलबाट दिउँसै २ लाख रुपैयाँ लुटियो
SamacharDesk – बिकाश | २०७७ पौष १६, बिहिबार

काठमाडौंको चाबहिलबाट दिउँसै २ लाख रुपैयाँ लुटिएको छ ।
सन्घुस बचत तथा ऋण सहकारी संस्थाको बजार संकलकको साथबाट २ लाख रुपैयाँ बुधबार दिउँसै लुटपाट भएको हो ।
बा.४ प २९५६ नम्बरको स्कुटरमा आएका २ जना अपरिचित व्यक्तिहरुले एवान क्याफे नजिकबाट उक्त नगद लुटपाट गरी लगेका थिए ।
लुटपाटमा संलग्न व्यक्तिहरु हाल फरार रहेको र तिनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध