arin enterprises

बालिकालाई जबरजस्ती गर्ने दुई जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष १८, शनिबार

धनुषामा एक १४ वर्षीया बालिकालाई जवरजस्ती गरेको अभियोगमा दुई जना युवाहरु पक्राउ परेका छन् ।

कमला नगरपालिका–८ हरिणे बस्ने १९ वर्षीय विजय कुमार दास र सोही ठाउँ बस्ने २२ वर्षीय सदाम हुसेनलाई प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा सोही ठाउँस्थित खेतमा उनीहरुले बालिकालाई जबरजस्ती गरेको देखिन आएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी चोराकोयलपुर र ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध