arin enterprises

वाशिङ्गटन डिसीमा ट्रम्प समर्थक र प्रहरीबीचको झडपमा महिलाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

अमेरिकाको वासिङ्गटन डिसिस्थित क्यापिटल हिल्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेको महिलाको हालसम्म सनाखत हुन नसकेको र उनी आम नागरिक रहेको वाशिङ्गटन डिसी महानगरीय प्रहरीले जनाएको छ ।

घटनामा प्रहरीले १३ जनालाई गिरफ्तार गरेको छ ।

प्रहरी प्रमुख रबर्ट काउन्टीलाई उद्धृत गर्दै बीबीसीले पक्राउ परेका व्यक्तिहरु डीसी एरियाका स्थानीय वासिन्दा नभएको जनाएको छ ।

घाइते अधिकारिहरुको उपचार भइरहेको पनि प्रमखु काउन्टीले जानकारी दिएका छन् ।

घटनास्थलबाट प्रहरीले ह्यान्डगन र लंग गनसहित ५ वटा बन्दुकहरु समेत बरामद गरिएको छ ।

डिसीस्थित क्यापिटल भवनमा कलेज मतहरुको गणना भइरहँदा ट्रम्प समर्थकहरु भवनमा पस्न खोज्दा प्रहरी र प्रदर्शनकारीहरुबीच भएको झडप हिंसामा परिणत भएको थियो ।

ट्रम्प समर्थकहरु भवनमा पसेपछि कलेज मतहरुको गणना रोक्नुपरेको थियो ।

एक सीनेटरले ट्वीट गर्दै केही अधिकारीहरुले भागदौडकै बीचबाट ब्यालेट बक्सलाई भने त्यहाँबाट बाहिर ल्याएको बताएका छन् ।

हाल प्रहरी प्रदर्शनकारिहरुलाई उक्त स्थानबाट तितरबितर गर्नमा लागेको बताइएको छ ।

डिसिमा स्थानीय समय अनुसार साँझको ६ बजेबाट कर्फ्यू आदेश जारी गरिएको छ ।

भवनमा हमला भएको समयमा सदनमा जो बाइडनको जितको पुष्टि हुन गइरहेको थियो ।

Categorized in अन्तर्राष्ट्रिय