टोखामा चक्कु प्रहार गरी मोबाइल लुट्यो
SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

काठमाडौंको टोखामा बुधबार राती एक पुरुषलाई चक्कु प्रहार गरी मोबाइल लुटेर लगेको छ ।
टोखा नगरपालिका–९ दिपज्योतीबाट सुर्खेत गुरुवाकोट नगरपालिका–६ का एक पुरुषलाई ४/५ जनाको समूहले बुधबार राति हमला गरी मोबाइल लुटेर लगेको हो ।
ती पुरुष अर्को एक जना व्यक्तिसँग आउँदै गर्दा अज्ञात व्यक्तिहरुको समूहले उनीहरुलाई चक्कु प्रहार गरी घाइते बनाईदिएका थिए । घाइते बनाएर उनको साथमा रहेको मोबाइल लुटपाट गरेर उनीहरु भागेका थिए ।
लुटपाटमा संलग्न व्यक्तिहरु हाल फरार रहेका छन् । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोली लुटेराहरुको खोजी गरिरहेको छ ।
चक्कु प्रहारबाट घाइते भएका दुवैको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।
Categorized in अपराध