कलंकीबाट लागूऔषधसहित तीन जना पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७७ पौष २६, आइतबार

काठमाडौंको कलंकीबाट विभिन्न लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
कलङकीबाट १५ ट्याब्लेट नाइट्राजेपाम नाइट्राभेट, १ सय एम्पुल डाइजेलाप, १ सय एम्पुल बुप्रेनोर्फिन (नूफिन) र १ सय एम्पुल फेनारगनसहित ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा काठमाडौंको रविभवन बस्ने २८ वर्षीय नकुल श्रेष्ठ, गोरखा पालुङटारका २९ वर्षीय गणेश श्रेष्ठ र चितवन भरतपुर बस्ने तनहुँ बन्दिपुरका ३५ वर्षीय मनोज नेपाली रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।
Categorized in अपराध