एफए कप : बर्मिङघममाथि म्यानसिटीको शानदार जित
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ पौष २७, सोमबार

एफए कप फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्मिङ्घममाथि सहज जित हात पारेको छ ।
तेस्रो चरणको खेल अन्तर्गत सिटीले बर्मिङघमलाई ३–० गोल अन्तरले पाखा लगाइदिएको हो ।
सिटीलाई जित दिलाउन बेर्नान्डो सिल्भाले महत्वपूर्ण २ गोल गरे । खेलको आठौं मिनेटमा पहिलो गोल गर्दै सिल्भाले सिटिलाई अग्रता दिलाए । १५ औं मिनेटमा सिल्भाले नै सिटीको अग्रता दोब्बर बनाए ।
फोडेनले ३३ मिनेटमा टिमलाई तेस्रो गोल दिँदै सिटीलाई ३–० को नतिजासहित जिल दिलाए ।
एफए कप अन्तर्गत हिजो राति नै सम्पन्न अर्को खेलमा टोटेनहमले मारिनमाथि शानदार जित हात पारेको छ । आफुले एक गोल पनि नखाई टोटेनहमले मारिनलाई ५ गोल ख्वाउँदै शानदार जित हात पारेको हो ।
टोटेनहमलाई शानदार जित दिलाउन कार्लोस भिनिसियसले ह्याट्रिक गरे । कार्लोसले खेलको २४औं, ३० औं र ३७ औं मिनेट गोल गरे । लुकास माउराले टोटेनहमका लागि ३२ औं मिनेटमा र एल्फी डेभिनले ६० मिनेटमा गोल गरे ।
लिग अन्तर्गत हिजो राति नै सम्पन्न अर्को खेलमा चेल्सीले पनि मोरक्याम्बलाई फराकिलो गोल अन्तरले हराउँदै शानदार जित हात पारेको छ ।
चेल्सीले मोरक्याम्बलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीले पहिलो हाफमा दुई र दोश्रो हाफमा दुई गोल गरेको थियो ।
खेलमा माउन्टले १८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिए भने टिमो वेर्नरले ४४ मिनेटमा अग्रता दोब्बर बनाए । त्यस्तै हुडसन ओडोइले ४९ औं मिनेटमा र हभार्ट्जले ८५ औं मिनेटमा एक/एक गोल थपे ।
Categorized in स्पाेर्ट्स