arin enterprises

भारतमा बर्ड फ्लू धमाधम फैलिँदै

SamacharDesk – बिकाश | २०७७ पौष २७, सोमबार

भारतमा कोरोना संक्रमण निको हुने दर बढ्दै गर्दा अहिले आएर बर्ड फ्लूको संक्रमण पनि दिनानुदिन बढ्दै गइरहेको छ ।

भारतका कयौं राज्यमा बर्ड फ्लूको खतरा देखिएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

यसै क्रममा लखनउमा नवाब वाजिद अली शाह चिडि़याघरमा पंक्षीहरु राखिएको खण्ड बन्द गरिएको छ । साथमा चिडियाघरमा बाहिरका सवारी साधन पनि निषेध गरिएको छ ।

चिडियाखानाका कर्मचारीहरु त्यहाँका पशुपंक्षीहरुलाई दाना ख्वाउन जान पीपीई लगाएर जाने गरेको बताइएको छ । पंक्षीहरु राखिएको पुरै खण्डलाई निसंक्रमण पनि गर्ने गरिएको छ । यसको साथमा पंक्षीहरुको साथै अन्य भोजनमा समेत अण्डामा रोक लगाइएको छ ।

यस अघि कानपुरको चिडियाखानामा बर्ड फ्लू पोजेटिभ देखिएको थियो । याेसँगै लखनउमा नि सतर्कता अपनाइएको हो ।

यसैबीच महाराष्ट्रको परभणी जिल्लामा ८ सय कुखुराहरु मरेको अवस्थामा भेटिएको छ । कुखुराका नमूनाहरु परिक्षणको गरिएकोमा बर्ड फ्लू पुष्टि भएको छ ।

परभणीका जिल्ला अधिकारी दीपक मुगलिकरले मुरूंबा गाउँको एक किलोमीटर भित्र भएका कुखुराहरुलाई नष्ट गर्ने आदेश दिएका छन् । यसको साथमा यस गाउँको १० किलोमीटर भित्रका क्षेत्रबाट कुखुराहरु अन्य स्थानमा नपठाउन समेत आदेश जारी गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय