arin enterprises

सोनीको नयाँ म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७५ कार्तिक १८, आइतबार

गायिका सोनी राजभण्डारीको नेपालभाषाको गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोनीको गीत ‘लुमन्ति छंगु वइगु इलय्’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

नेपाल सम्वत ११३९ नयाँ वर्षको शुभकामना आदानप्रदान सहित काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै गायिक राजभण्डारीले आफ्नो सास रहेसम्म गीत गाइरहने बताइन् ।

म्यूजिक भिडियोका निर्देशक सुरज महर्जनले आफुले निर्देशन अन्य म्यूजिक भिडियोभन्दा यो गीत अलि फरक ढङ्गको रहेको बताउनुभयो । साथै महर्जनले एउटा स्तरीय म्यूजिक भिडियो बन्न निर्देशक मात्र नभई गीत राम्रो हुनुका साथमा कलाकार, छायाङ्कार, दृश्य सम्पादक सबैको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

सार्वजनिक भएको म्यूजिक भिडियोको गीतको रचना दर्शनवीर शाक्यको रहेको छ भने संगीत जुगल डंगोलले भर्नुभएको छ । म्यूजिक भिडियोको निर्देशन सुरज महर्जनले गरेका छन् ।

Categorized in पेजथ्री