arin enterprises

रोकियो आर्सनलको जितको यात्रा

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २, शुक्रबार

इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गए रातिको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।

पछिल्लो समयका सबै खेलहरुमा जित हासिल गर्दै आएको आर्सनल क्रिस्ट प्यालेससँग भने गोलरहित बराबरीमा रोकिनुपरेको हो ।

आफ्नै मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग अंक बाँड्न बाध्य भयो ।

अहिले लिगको अंक तालिकामा आर्सनल १८ खेलबाट २४ अंक जोड्दै ११ औं स्थानमै छ भने १३ औं स्थानको क्रिस्टलको समान १८ खेलबाट २३ अंक छ ।

शिर्ष स्थानको म्यानचेस्टर युनाइटेडको १७ खेलबाट ३६ अंक छ भने १७ वटै खेल खेलेर ३३ अंक बटुलेको लिभरपुल दोश्रो स्थानमा छ ।

१६ खेलबाट ३२ अंक जोड्दै म्यानचेस्टर सिटी तेश्रो स्थानमा रहँदा एक खेल बढि खेल्दै समान ३२ अंक जोडेको लेस्टर सिटी चौथो स्थानमा छ । १७ खेलबाट ३२ अंक जोडेको एभर्टन भने पाँचौ स्थानमा छ ।

Categorized in स्पाेर्ट्स