परिक्षणको ७ प्रतिशतमा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ माघ २, शुक्रबार

नेपालमा पछिल्लो पटक गरिएको स्वाब नमूनाको परिक्षणमा ७ दशमलव ०३ प्रतिशत मात्र कोरोना भाईरसका नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घन्टामा गरिएको ३ हजार ८४ नमूनाको पिसिआर परिक्षणमा २ सय ७० जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ९० महिला र एक सय ८० पुरुषहरु छन् ।
योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ । कुल आरटी पिसिआर परिक्षण संख्या भने २० लाख ५ हजार १ सय २५ रहेको छ ।
पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५९ महिला र एक सय १३ पुरुष गरी एक सय ७२ जना रहेका छन् । काठमाडौंमा एक सय ४४, ललितपुरमा २२ र भत्तपुरमा ६ जना संक्रमित थप भएका छन् ।
गएको २४ घन्टामा ३ सय ९० संक्रमित निको भएका छन् । आजसम्ममा २ लाख ६० हजार ५ सय ६७ जना संक्रमित निको भइसकेका छन् ।
थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण निको हुनेको संख्या एक हजार ९ सय ४८ पुगेको छ ।
४ हजार ३ सय एक सक्रिय संक्रमित उपचाररत छन् । ९ सय ९४ जना संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ३ सय ७ हामे आइसोलेसनमा छन् ।
कालिकोट, मुगु र रुकुमपश्चिममा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि संक्रमित काठमाडौंमा मात्रै छन् । काठमाडौंमा हाल २ हजार ३ सय ३४ सक्रिय संक्रमित छन् ।
Categorized in राष्ट्रिय