arin enterprises

ईतिहास रचे नेपालीले, खतरनाक हिमाल केटुमा पहिलो पाइला नेपालीको

SamacharDesk – बिराज | २०७७ माघ ४, आइतबार

१० जना नेपालीहरुको टीमले विश्वको दोश्रो अग्लो हिमाल केटु (k2) को चुचुरोमा पाइला टेकी ईतिहास रचेका छन् । यो पर्वतको पहिलो पटक पाईला टेकिएको हो ।

आरोहण दलका सदस्य निम्स दाई पुर्जाले स्थानीय समय अनुसार साँझको ५ बजे आफुहरुले चुचुरोमा पाइला टेकेको बताए ।

पर्वतारोहणको आयोजक ‘सेभेन समिट ट्रेक’ ले यस टीमको सफलताको पुष्टि गरिसकेको छ ।

यूके स्पेशल बोट सर्भिसका पूर्व सदस्य पवर्तारोही निर्मल पुर्जाले यस सफलताको तसबीर सामाजिक संजालमा शेयर गरेका छन् ।

काराकोरम हिमाली श्रृङ्खला अन्तर्गतको पाकिस्तान–चीन सीमामा अवस्थित यस पर्वतको उचाईँ सगरमाथाभन्दा करीब दुई सय मिटर कम ८ हजार ६ सय ११ मिटर रहेको छ ।

धेरैले केटुको आरोहणको प्रयास गरेपनि सफल हुन सकेका थिएनन् ।

गत हप्तामात्रै यहि हिमालको आरोहणको क्रममा स्पेनका आरोही स्पेनिअर्ड सेर्गी मिन्गोटेको मृत्यु भएको थियो । सगरमाथा लगायत ९ हजार मिटर माथिका सात वटा हिमाल चढिसकेको उनी बिना अक्सिजन केटुको आरोहण गर्ने प्रयासमा थिए ।

लामो समयबाट यस पर्वतलाई सबैभन्दा खतरनाक मानिदै आएको छ । सन् १९५३ मा केटु आरोहणको प्रयास गरेका अमेरिकी पर्वतारोही जर्ज बेलले यसको आरोहणको प्रयास गर्नु मृत्युलाई निमन्त्रणा दिनु सरह भनेका थिए ।

शुरूमा करीब ६० जना सम्मिलित नेपाली पर्वतारोहिहरुको ३ देखि ४ टीम यसको आरोहणको लागि गएका थिए । अन्तिममा १० जनाको टीमले सफलता हासिल गरेको हो ।

यो भन्दा अघि यो हिमालमा कोही पनि ७ हजार ६ सय ५० मिटर माथि चढ्न सकेका थिएनन् ।

Categorized in राष्ट्रिय