आर्सनलसँग न्यूकासल ३–० ले पराजित
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ ६, मंगलबार

इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा आर्सनल विजयी भएको छ ।
आर्सनलले आफ्नै मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा न्यूकासलमाथि ३–० को जित हात पारेको हो ।
खेलमा आर्सनललाई जित दिलाउन पिएरे एमरिक औबामायङ्गले दुई गोल गरे भने बकायो साकाले एक गोल थपे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले दोश्रो हाफमा २७ मिनेटभित्र ३ गोल हानेको थियो ।
औबामायङ्गले ५० औं मिनेटमा गोल गरे भने ६० औं मिनेटमा बकायोले दोश्रो गोल गरे । फेरी औबामायङ्गले नै ७७ औं मिनेटमा गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।
गएरातिको खेलपछि १९ खेलबाट २७ अङ्क जोडेको आर्सनल तालिकाको दशौं स्थानमा छ ।
१८ खेलबाट ३७ अङ्क बटुल्दै म्यानचेस्टर युनाइटेड शिर्ष स्थानमा छ ।
Categorized in स्पाेर्ट्स