बुवाको विँडो थाम्दै चेरिसा
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७५ कार्तिक २७, मंगलबार

चर्चित गायक दिपक बज्राचार्यकी सुपुत्री चेरिसा बज्राचार्य पनि कुशल गायिकाको रुपमा देखा परेकि छिन् । हालै चेरिसाले टुबर्ग ओपन सेसनमा आफ्नो दमदार आवाज प्रस्तुत गरेकि हुन् ।
ओपन सेसनमा चेरिसाले आफ्नै बुवा दिपकको गीत ‘झुमि झुमि’लाई कभर गरेकि हुन् । गीतमा चेरिसालाई बुवा दिपकका साथै उनको ब्यान्ड रिदमले नै साथ दिएको छ ।
उक्त गीतको भ्यूज अहिले ६७ हजार कटिसकेको छ । भ्युअरले कसैले चेरिसालाई दिपककै कपी भनेका छन् भने कतिले उनको आवाज दमदार रहेको लगायतका कमेन्ट दिएका छन् । प्राय सबै कमेन्टमा चेरिसाको आवाजको तारीफ नै गरिएको छ ।
हुन त यो गीत चेरिसाको पहिलो प्रयास भने होइन । यो भन्दा अगाडि पनि चेरिसाले विभिन्न कार्यक्रमहरुमा गीत गाइसकेकि छन् । चेरिसाले होटल अन्नपूर्ण, पाटन दरवार, सिभिल मल, होटल एभरेस्टमा आयोजित कार्यक्रममा पनि गाइसकेकि छन् भने क्रिसमसको अवसरमा मोक्षमा, जावलाखेलमा अमेरिकन एम्बेस्सी शोमा पनि गाइसकिन् ।
चेरिसाको गायनको मजा लिएका दर्शक, श्रोताले अब भन्न थालेका छन्, ‘बुवाको बिँडो थाम्ने भएछ चेरिसाले ।’
Categorized in पेजथ्री
