चेल्सीलाई हराउँदै लेस्टर सिटी शिर्षमा
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ ७, बुधबार

इङ्गलिस प्रिमियर लिग फुटबलमा गएरातिको खेलमा जित हासिल गर्दै लेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ ।
गएराति घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा लेस्टरले पाहुना टोली चेल्सीमाथि २–० को जित हासिल गरेको हो ।
लेस्टरलाई जित दिलाउन विलफ्रेड एनडिडि र जेम्स म्याडिसनले एक/एक गोल गरे ।
लेस्टरले दुईटै गोल खेलको पहिलो हाफमै गरेका थिए । विलफ्रेडले खेलको ६ औं मिनेटमै गोल गरेर टिमलाई अगाडी बढाएका थिए भने जेम्सले ४१ औं मिनेटमा टिमका लागि अर्को गोल थपेका थिए ।
जितसँगै १९ खेलबाट ३८ अंक जोड्दै लेस्टर अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । म्यानयु र र म्यानसिटी भने क्रमशः दोश्रो र तेश्रो स्थानमा झरेको छ ।
दोश्रो स्थानको म्यानचेस्टर युनाइटेडको १८ खेलबाट ३७ अंक छ भने १७ खेल खेल्दै ३५ अंक जोडेको म्यानचेस्टर सिटी तेश्रो स्थानमा छ ।
१८ खेलबाट ३४ अंकसहित लिभरपुल चौथो र समान १८ खेलबाट ३३ अंक बटुल्दै टोटेनह्याम पाँचौ स्थानमा छ ।
Categorized in स्पाेर्ट्स