म्यानयुले फिर्ता लियो शिर्ष स्थान
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ ८, बिहिबार

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेल जित्दै म्यानचेस्टर युनाइटेडले शिर्ष स्थानमा पुनरागमन गरेको छ ।
गए रातिको खेलमा म्यानयुले फुलहमलाई उसकै मैदान क्य्राभेन कटेजमा २–१ गोलले पराजित गर्यो ।
म्यानयुलाई जित दिलाउन काभानि र पाउल पोग्बाले एक/एक गोल गरे । फुलहमका लागि एडेमोला लुकम्यानले एक गोल फर्काए ।
खेलमा अग्रता भने फुलहमले लिएको थियो ।
खेलको पाँचौ मिनेटमा लुकम्यानले गोल गर्दै टिमलाई अग्रता दिलाए । पछि २१ औं मिनेटमा काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६५ औं मिनेटमा लुकम्यानले गोल गर्दै म्यानयुको जित सुनिश्चित बनाए ।
जितसँगै १९ खेलबाट ४० अङ्क बटुल्दै म्यानयु तालिकाको शिर्ष स्थानमा फर्केको छ ।
एस्टनभिल्ला म्यानसिटीसँग पराजित
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गतकै गएराति सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २–० गोलले पराजित गर्यो ।
म्यानसिटीलाई जित दिलाउन बर्नार्डो सिल्भा र इके गुन्डोगानले एक/एक गोल गरे ।
दुवैले खेलको करीब अन्तिम समयतिर गोल गरेका थिए । बर्नार्डो सिल्भाले ७९ औं मिनेटमा गोल गर्दै टिमलाई अगाडी बढाए भने ९० औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै गुन्डोगानले टिमको अग्रता दोब्बर बनाए ।
यो जितपछि १८ खेलबाट ३८ अङ्क जोडेको म्यानसिटी दोश्रो स्थानमा छ ।
समान १८ खेलबाट ३८ अङ्क जोडेको लेस्टर सिटी गोल अन्तरको आधारमा तेश्रो स्थानमा छ । लिभरपुल र टोटेनह्याम क्रमशः चौथो र पाँचौँ स्थानमा छ ।
Categorized in स्पाेर्ट्स