arin enterprises

नयाँ संक्रमितमा करीब ५९ प्रतिशत उपत्यकाबाट

SamacharDesk – बिकाश | २०७७ माघ ८, बिहिबार

नेपालमा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये एक सय ९८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ७३ जना महिला र एक सय २५ जना पुरुष रहेका छन् ।

गएको २४ घन्टामा काठमाडौंमा एक सय ४६, ललितपुरमा ३६ र भक्तपुरमा १६ जना संक्रमित थप भएका छन् ।

हालसम्म काठमाडौं उपत्यकामा एक लाख २५ हजार ५ सय ४० जनालाई कोभिड १९ संक्रमण भइसकेको छ ।

उपत्यकाका कुल संक्रमितमध्ये एक लाख २२ हजार २ सय ८३ जना निको भइसके । पछिल्लो पटक काठमाडौंमा ९९, ललितपुरमा १८ र भक्तपुरमा ७ जना गरी उपत्यकाबाट एक सय २४ जना संक्रमितको नेगेटिभ रिपोर्ट आएको छ ।

गएको २४ घन्टामा काठमाडौंमा एक जना संक्रमितको मृत्यु भएको छ । हालसम्म काठमाडौं उपत्यकाका संक्रमितमध्ये ७ सय ६१ जनाको मृत्यु भइसकेको छ ।

हाल उपत्यकामा २ हजार ४ सय ७८ जना सक्रिय संक्रमित उपचाररत छन् । काठमाडौंमा २ हजार २ सय एकसँगै ललितपुरमा २ सय ३१ र भक्तपुरमा ४६ जना सक्रिय संक्रमित छन् । 

Categorized in समाज