काठमाडौं उपत्यकामा ११२ नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ माघ ९, शुक्रबार

पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ३७ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् ।
काठमाडौं उपत्यकामा ५३ महिला र ५९ पुरुष गरी एक सय १२ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ९०, ललितपुरमा १३ र भक्तपुरमा ९ जना संक्रमित थप भएका हुन् ।
उपत्यकामा पछिल्लो पटक ३ सय १६ जना संक्रमित निको भएका छन् । पछिल्लो पटक निको हुनेमा काठमाडौंमा २ सय ३०, ललितपुरमा ६९ र भक्तपुरमा १७ जना रहेका छन् । उपत्यकामा हालसम्म एक लाख २२ हजार ५ सय ९९ जना संक्रमित निको भइसके ।
गएको २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेमा भक्तपुरबाट एक जना रहेका छन् । उपत्यकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ सय ६२ पुगेको छ ।
उपत्यकामा २ हजार २ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा २ हजार ६१, ललितपुरमा एक सय ७५ र भक्तपुरमा ३७ जना सक्रिय संक्रमित छन् ।
Categorized in समाज