लेभान्ते र भालाडोलिडले खेले बराबरी
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ १०, शनिबार

स्पेनिश ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा लेभान्तेलाई भालाडोलिडले बराबरीमा रोकेको छ । घरेलु टोली लेभान्तेलाई भाल्लाडोलिडले उसकै मैदानमा २–२ गोलको बराबरीमा रोकेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोश्रो हाफमा दुवै टिमले २१ मिनेटभित्र गोलको वर्षा गरेका थिए ।
६२ औं मिनेटमा लेभान्तेका ड्यानियल गोमेजले गोल गर्दै टिमलाई अग्रता दिलाए भने ७३ औं मिनेटमा रुबेन अल्क्याराजले भालाडोलिडडका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसको पाँच मिनेटपछि ७८ औं मिनेटमा ओस्कार प्लानोले गोल गर्दै भालाडोलिडलाई अघि बढाए । फेरी त्यसको पाँच मिनेटपछि लेभान्तेका रोजर मार्तिले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको बाँकि समयमा दुवै टिमबाट अर्को गोल हुन नसकेपछि खेल बराबरीमै सकिएको हो ।
यो बराबरीपछि लिगको अंक तालिकामा लेभान्ते १९ खेलबाट २३ अंकुसहित १० औं स्थानमा छ भने १५ औं स्थानको भालाडोलिडको २० खेलबाट २० अंक नै छ ।
Categorized in स्पाेर्ट्स