arin enterprises

आफ्नै स्कूल बसको ठक्करबाट बालकको मृत्यु

SamacharDesk – क्राइम ब्यूराे | २०७७ माघ ११, आइतबार

सिरहामा आफ्नै स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

पीभीएम ईङ्गलिस बोर्डिङ स्कुलको बा.२ ख २३९० नम्बरको बसको ठक्करबाट सोही स्कूल पढ्ने १० वर्षीय साजन परियारको आज मृत्यु भएको हो ।

कर्जन्हा नगरपालिका–२ डाडाटोलस्थित सडकमा बसबाट झरेर हिँड्दै गर्दा साजनलाई सोही बसले ठक्कर दिएको थियो ।

साजनको घटनास्थलमै मृत्यु भएको थियो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in समाज