arin enterprises

आगलागीबाट ५० लाख बढिको धनमाल नष्ट

SamacharDesk – बिकाश | २०७७ माघ ११, आइतबार

झापामा एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा ५० लाख बढिको धनमाल जलेर नष्ट भएको छ ।

बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडस्थित बिकास अग्रवालको ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आज बिहान आगलागी भएको थियो ।

आगलागीमा पसल भित्र रहेको वाल घडी, पंखा र ईलेक्ट्रिक बल लगायतका सामानहरु जलेर करिब ५० लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

बिजुलीको तार सर्ट भई आगलागी भएको बताइएको छ ।

स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

Categorized in समाज