arin enterprises

३३९ नयाँ संक्रमित थप, ४०१ निको

SamacharDesk – बिकाश | २०७७ माघ १२, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ३ सय ३९ जना नयाँ संक्रमित भेटिएका छन् । ४ हजार ८ सय ५८ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ३३ महिला र २ सय ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ७ सय ८९ पुगेको छ ।

पछिल्लो पटक ४ सय एक जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमित निको भइसकेका छन् ।

थप १० जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म २ हजार ११ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

हाल ३ हजार २ सय ४० जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ७ सय ३६ जना संस्थागत आइसोलेसनमा छन् भने २ हजार ५ सय ४ जना होम आइसोलेसनमा छन् ।

कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै छन् । काठमाडौंमा एक हजार ८ सय ५ जना सक्रिय संक्रमित छन् । 

Categorized in राष्ट्रिय