दुर्घटनामा २ जनाकाे मृत्यु
SamacharDesk – बिकाश | २०७७ माघ १२, सोमबार

महोत्तरीमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
औरही नगरपालिका–४ कठुधार चोकमा ना.८ ख ९८० नम्बरको टिपरले ज.६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिइ दुर्घटना भएको थियो ।
आज बिहान भएको उक्त दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक वलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोद राम चमार र मोटरसाइकलमा सवार औरही नगरपालिका–४ बस्ने १५ वर्षीय गुड्डु नदाफको मृत्यु भएको हो ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज