arin enterprises

३०३ नयाँ संक्रमित थप, २८५ निको

SamacharDesk – बिकाश | २०७७ माघ १३, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ३ सय ३ जना नयाँ संक्रमितहरु भेटिएका छन् । ४ हजार ५ सय ७४ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा एक सय ३० जना महिला र एक सय ७३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोनाभाईरसबाट संक्रमित हुनेहरुको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । आरटी पिसिआर विधिबाट गरिएको स्वाब नमूनाको परिक्षणको संख्या भने २० लाख ५२ हजार ६ सय ८७ पुगेको छ ।

पछिल्लो पटक २ सय ८५ जना संक्रमित निको भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको कुल संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ ।

थप ६ जनाको कोरोना कारण मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म २ हजार १७ जनाको मृत्यु भएको छ ।

३ हजार २ सय ५२ जना सक्रिय संक्रमित विभिन्न संस्थागत आइसोलेसन र होम आइसोलेसनमा छन् । ७ सय ४९ जना देशका विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् भने २ हजार ५ सय ३ जना होम आइसोलेसनमा छन् ।

कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित रहेको जिल्ला काठमाडौं मात्रै छ । काठमाडौंमा हाल एक हजार ७ सय ९४ सक्रिय संक्रमित छन् ।

Categorized in राष्ट्रिय