arin enterprises

२८३ नयाँ संक्रमित थप, २४६ निको

SamacharDesk – बिकाश | २०७७ माघ १४, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा ६ दशमलव ४५ प्रतिशतमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

४ हजार ३ सय ८२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये एक सय १४ जना महिला र एक सय ६९ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । हालसम्म जम्मा २० लाख ५७ हजार ६९ वटा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण गरिएको छ ।

पछिल्लो पटक २ सय ४६ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ६५ हजार ६९ जना संक्रमित निको भइसकेका छन् ।

थप ३ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको २ हजार २० पुगेको छ ।

हाल ३ हजार २ सय ८६ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ८ सय ६५ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् भने होम आइसोलेसनमा २ हजार ४ सय २१ जना छन् ।

कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित रहेको जिल्लामा काठमाडौं मात्र रहेको छ । हाल काठमाडौंमा एक हजार ८ सय ५ जना सक्रिय संक्रमित रहेका छन् ।

Categorized in राष्ट्रिय