खोप अभियानको साथमा नर्सिङ दिवस मनाईँदै
SamacharDesk – बिकाश | २०७७ माघ १५, बिहिबार

आज ५९ औं नेपाल नर्सिङ दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।
सम्पूर्ण विश्व कोरोना महामारीसँग जुधिरहेको बेला नेपाली नर्सहरुको लागि आजको यो दिन विशेष बनेको छ । यसै सन्दर्भमा हिजो भख्खरै नेपालमा कोरोनाविद्धको खोप दिन पनि शुरु गरिएको छ ।
कोरोना भाईरसविरुद्ध अग्रपंक्तिमा रहेर सेवामा खटिरहेका नेपालका नर्सहरु आज पनि खोप लिइरहेका छन् । खोप अभियान नै यो वर्षको नर्सिङ दिवसको विशेषता बनेको छ भन्दा अतियुक्ति नहोला ।
विगतका दिनमा भन्दा नेपालमा नर्सिङ पेशा र नर्सहरुको अवस्थामा सुधार हुँदै आएपनि विभिन्न समस्या आज पनि विद्यमान छ । ह
रेक स्वास्थ्य सम्वन्धि समस्यामा जोखिम मोलेरै पनि सेवामा खटिने नर्शहरुलाई राज्यबाट पर्याप्त सुविधा वा सुरक्षा प्रदान नहुने गुनासो बेलाबेलामा सुन्नमा आइरहेको हुन्छ । त्यस्तै बेलाबेलामा सर्वसाधारणबाट समेत दुर्व्यवहारका समाचारहरु आउने गरेका छन् ।
नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आएको हो ।
नेपालमा नर्सिङ्ग सेवाको शुरुवात भने विसं २०१३ बाट शुरु भएको मानिन्छ । राणाकालमा सभ्रान्त परिवारमा स्वास्थ्य–उपचारको आवश्यकतामा गृहिणी लगायत केही महिलाहरुको समूहले नर्सिङको तालिम लिएर सेवा शुरु गरेको भनिआएको छ ।
राणाकालमा विद्यावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ ।
Categorized in समाज