परिक्षणको ५ प्रतिशतभन्दा कममा मात्र संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ माघ १६, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा जम्मा ४ दशमलव ८७ प्रतिशतमा मात्र कोभिड १९ को संक्रमण देखिएको छ ।
जम्मा ३ हजार २ सय २१ जनाको स्वाब नमूनाको परिक्षण गरिएको एक सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये ५९ जना महिला छन् भने ९८ जना पुरुष छन् ।
हालसम्म नेपालमा २ लाख ७० हजार ७ सय ४५ जनालाई कोरोना संक्रमण भइसकेको छ ।
नेपालका कुल संक्रमितमध्ये ९८ दशमलव एक प्रतिशत संक्रमित निको पनि भएका छन् । हालसम्म २ लाख ६५ हजार ६ सय ९८ जना संक्रमित निको भइसकेका छन् । गएको २४ घन्टामा ३ सय ३३ जना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घन्टामा ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणका कारण २ हजार २५ जनाको मृत्यु भइसकेको छ ।
आजसम्ममा २० लाख ६४ हजार ८१ वटा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण गरिएको छ ।
३ हजार २२ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार २ सय ४९ जना संस्थागत आइसोलेसनमा छन् भने एक हजार ७ सय ७३ होम आइसोलेसनमा छन् ।
कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि संक्रमित काठमाडौंमा मात्रै छन् ।
Categorized in राष्ट्रिय