मेस्सीको कीर्तिमानी गोलसँगै बार्सा विजयी
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ १९, सोमबार

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले जित हासिल गरेको छ ।
आफ्नै मैदान क्याम्पनाउमा सम्पन्न खेलमा बार्सिलोनाले पाहुना टोली एथ्लेटिक बिल्बाओलाई २–१ गोलले पराजित गरेको हो ।
खेलमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २० औं मिनेटमा पाएको फ्रिकिकलाई गोलमा परिणत गर्दै टिमलाई अगाडी बढाए ।
योसँगै मेस्सीले बार्सिलोनाका लागि ६ सय ५० गोल पुरा गरेका छन् ।
४९ औं मिनेटमा बार्साका जोर्डि आल्बाले आत्मघाती गोल गर्दा खेल बराबरीमा आयो । ७४ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्साका लागि दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
यो जितसँगै २० खेलबाट ४० अङ्क जोड्दै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानको एथ्लेटिको मड्रिड बार्साभन्दा १० अङ्कले अगाडी छ । उसको १९ खेलबाट ५० अङ्क छ ।
Categorized in स्पाेर्ट्स