१५९ नयाँ संक्रमित भेटिए, २६४ निको
SamacharDesk – बिकाश | २०७७ माघ १९, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का एक सय ५९ जना नयाँ संक्रमित थप भएका छन् । ४ हजार एक सय ४५ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ६१ जना महिला र ९८ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा २ लाख ७१ हजार एक सय १८ पुगेको छ ।
पछिल्लो पटक २ सय ६४ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ६६ हजार ६ सय जना संक्रमित निको भएका छन् ।
गएको २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएन । हालसम्म २० लाख ७५ हजार एक सय ५२ वटा स्वाब नमूनाको परिक्षण भइसकेको छ ।
हाल २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ८ सय ४२ जना संस्थागत आइसोलेसनमा छन् भने एक हजार ६ सय ४७ जना होम आइसोलेसनमा छन् ।
कालिकोट रुकुमपश्चि र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै छन् ।
Categorized in राष्ट्रिय