arin enterprises

परिक्षणको ५.८० प्रतिशतमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ माघ २०, मंगलबार

नेपालमा पछिल्लो पटक कोभिड १९ का एक सय ७१ जना नयाँ संक्रमित थप भएका छन् । २ हजार ९ सय ४६ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ७१ महिला र एक सय जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म २ लाख ७१ हजार २ सय ८९ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

गएको २४ घन्टामा २ सय ५९ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमण निको हुनेको कुल संख्या २ लाख ६६ हजार ८ सय ५९ जना रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोनाको कारण एक जनाको मात्र मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ३० पुगेको छ ।

कुल २० लाख ७८ हजार ९८ वटा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण भइसकेको छ ।

हाल २ हजार ४ सय जना सक्रिय संक्रमित उपचाररत अवस्थामा छन् । तीमध्ये ८ सय ६४ जना संस्थागत आइसोलेसनमा छन् भने एक हजार ५ सय ३६ जना होम आइसोलेसनमा छन् ।

कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित भएको जिल्ला काठमाडौंमात्रै छ ।

Categorized in राष्ट्रिय