कोरोनाविरुद्धको खोपमा कोरोनाभाईरस नहुने जनस्वास्थ्यविद्को भनाई
SamacharDesk – बिराज | २०७७ माघ २१, बुधबार

जनस्वास्थ्यविद् डा. समीरमणि दिक्षितले कोरोनाविरुद्धको खोप कोभिशिल्डमा कोरोना भाईरस नहुने प्रष्ट्याउनुभएको छ ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै जनस्वास्थ्यविद् डा. दिक्षितले भाईरसको सानो अंश अर्कै कमजोर र रोग लगाउन नसक्ने बनाइएको अडेनो भाईरस भित्र राखेर मानव शरीरमा पठाइने बताउनुभयो ।
‘भन्नुपर्दा शरीरलाई झुक्याइन्छ, कोरोना नै आयो भनेर । त्यसैले शरीरले प्रतिरक्षा प्रणाली परिचालन गर्छ, कोरोनाको विरुद्ध’ दिक्षितले लेख्नुभएको छ ।
साथै कोरोनाविरुद्धको खोप लिएपछि रुघा, ज्वरो, जिउ दुख्ने इत्यादि लक्षण देखिनु सामान्य प्रक्रिया भएको पनि उहाँले जनाउनुभएको छ ।
यस किसिमका लक्षणलाई सरुवा रोग संक्रमणमा शरीरको प्रतिरक्षा प्रणालीले काम गरिरहेको बलियो संकेतको रुपमा दिक्षितले व्याख्या गर्नुभएको छ ।
उहाँले अगाडी लेख्नुभएको छ, ‘कसैकसैमा भने यी लक्षणहरु अलि कडा देखिन्छ, तर यसबाट गम्भीर समस्या आउने सम्भावना अत्यन्तै न्युन हुन्छ ।’
Categorized in विज्ञान-प्रविधीरुघा,ज्वरो, जिउ दुख्ने इत्यादि लक्षण देखिनु भनेको सरुवा रोग संक्रमणमा शरीरको प्रतिरक्षा प्रणालीले काम गरीरहेको बलियो संकेत हो । त्यसैले खोप पश्चात यी देखिनु सामान्य हो । कसैकसैमा भने यी लक्षणहरु अलि कडा देखिन्छ, तर यसबाट गम्भिर समस्या आउने सम्भावना अत्यन्तै न्युन हुन्छ ।
— Sameer M Dixit, PhD (@smadixit) February 3, 2021
