arin enterprises

१७१ नयाँ संक्रमित भेटिए, २२७ निको

SamacharDesk – बिकाश | २०७७ माघ २२, बिहिबार

नेपाल कोभिड १९ का एक सय ७१ नयाँ संक्रमित भेटिएका छन् । गएको २४ घन्टामा ३ हजार ८ सय ७८ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ५९ महिला र एक सय १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ ।

पछिल्लो पटक २ सय २७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ ।

थप २ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ३३ पुगेको छ । हालसम्म २० लाख ८५ हजार ५ सय ७३ वटा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण भइसकेको छ ।

२ हजार २ सय ७७ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ७ सय ७० जना संस्थागत आइसोलेसनमा छन् भने एक हजार ५ सय ७ जना होम आइसोलेसनमा छन् ।

भोजपुर, कालिकोट, रुकुमपश्चि र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै छन् ।

Categorized in राष्ट्रिय