arin enterprises

रियल बेटिसलाई हराउँदै एथ्लेटिक बिल्बाओ सेमिफाइनलमा

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २३, शुक्रबार

कोपा डेल रे फुटबल अन्तर्गत गएराति सम्पन्न खेल जित्दै एथ्लेटिक बिल्बाओ सेमिफाइनलमा प्रवेश गरेको छ ।

एथ्लेटिक बिल्बाओले रियल बेटिसलाई उसकै मैदान बेनिटो भिल्लामरिनमा भएको खेलमा टाइब्रेकरमा ४–१ ले हराउँदै पुगेको हो ।

खेलको निर्धारित ९० मिनेटको समय एक/एक गोलको बराबरीमा सम्पन्न भएपछि अतिरिक्त समयमा धकेलिएको थियो भने अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरमार्फत भएको थियो ।

निर्धारित ९० मिनेटको खेलको अन्तिम सयमसम्म पनि खेलमा गोलरहित बराबरी भइरहेको थियो ।

८४ औं मिनेटमा जुआन्मीले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाए । खेल सकिनै लाग्दा इन्जुरी समयको चौथो मिनेटमा राउल गार्सियाले गोल गर्दै खेललाई बरारबरीमा ल्याए ।

त्यसपछि अतिरिक्त समयमा दुवै टिमले गोल गर्न सकेनन् ।

टाइब्रेकरमा बिल्बाओका लागि राउल गार्सिया, इनाकी विलियम्स, जोन मोर्किलो, युरी बेर्चिचेले गोल गरे । रियलका लागि आइस्सा मान्डीले एक गोल गरे भने सर्जियो क्यानालेस र जुआन्मी गोल गर्नबाट चुके । 

Categorized in स्पाेर्ट्स