arin enterprises

लन्डन डर्बीमा चेल्सी विजयी

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २३, शुक्रबार

इङ्गलिस प्रिमिय लिग अन्तर्गत गएरातिको लन्डन डर्बीमा चेल्सी विजयी भएको छ । चेल्सीले टोटनह्यामलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।

खेलको २४ औं मिनेटमा मिडफिल्डर जर्गिनोले गोल नै चेल्सीलाई विजयी बनाउन निर्णायक बन्यो । खेलमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जर्गिनोले खेलको निर्णायक गोल गरेका थिए ।

यो जितसँगै चेल्सी २२ खेलबाट ३६ अङ्क जोड्दै छैठौं स्थानमा उक्लिएको छ ।

२१ खेलबाट ४७ अङ्कसहित म्यानचेस्टर सिटी शिर्ष स्थानमा छ । दोश्रो स्थानमा म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४४ अङ्क छ । 

Categorized in स्पाेर्ट्स