कोपा डेल रेको सेमिफाइनल खेल बिहिबारबाट
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २४, शनिबार

कोपा डेल रे फुटबलको सेमिफाइनलको पहिलो लेग आउँदो बिहिबार माघ २९ गतेबाट शुरु हुँदैछ ।
बिहिबार हुने पहिलो सेमिफाइनल खेलमा सेभिल्ला र बार्सिलोना आमने सामने हुँदैछन् ।
त्यसैगरी त्यसको भोलिपल्ट शुक्रबार माघ ३० गते एथ्लेटिक क्लब र लेभान्टेबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि गत बुधबार भएको खेलमा अल्मेरियालाई १–० ले हराउँदै सेभिल्ला र सोही दिन भएको अर्को क्वाटरफाइनल खेलमा भिल्लारियललाई १–० ले नै हराउँदै लेभान्ते सेमिफाइनल प्रवेश गरेको हो ।
त्यस्तै बिहिबार भएको क्वाटरफाइनल खेलमा बार्सिलोनाले ग्रानाडालाई ५–३ ले हराएको थियो भने हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा एथ्लेटिक बिल्बाओले रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।
सेमिफाइनलको दोश्रो लेग पछि आउँदो चैत्र २२ गते फाइनल भिडन्त हुनेछ ।
Categorized in स्पाेर्ट्स