arin enterprises

भारतको किसान आन्दोलनबारे बोल्यो संयुक्त राष्ट्र संघले

SamacharDesk – बिकाश | २०७७ माघ २४, शनिबार

भारतमा जारी किसान आन्दोलनलाई लिएर संयुक्त राष्ट्र संघले प्रशासन र प्रदर्शनकारी दुवै पक्षलाई अधिकतम संयम हुन अपील गरेको छ ।

यूएन ह्यूमन राइट्सले शान्तिपूर्ण ढङ्गले भेला हुन पाइने अधिकारको अफलाइन र अनलाइन दुवै स्थानमा सुरक्षा हुनुपर्ने बताएको छ ।

सबैको मानव अधिकारको सम्मान गर्दै न्यायसंगत समाधान निकाल्नु जरुरी भएकोमा संघले जोड दिएको छ ।

भारतमा दुई महिना भन्दा बढि समयदेखि जारी किसान आन्दोलनलाई लिएर संयुक्त राष्ट्र संघले पहिलो पटक बोलेको हो ।

यसअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी भान्जी मीना ह्यारिस, पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्ग र पूर्व पोर्न स्टार मिया खलीफाले पनि किसान आन्दोलनलाई लिएर आ–आफ्ना विचार ट्वीट गरिसकेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय