ला लिगामा बार्सिलोनाको शानदार जित
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण २, आइतबार

स्पेनिश ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एलाभेसमाथि शानदार जित हात पारेको छ ।
घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले एलाभेसलाई ५–१ गोल अन्तरले हराएको हो ।
टिमलाई शानदार जित दिलाउन कप्तान लियोनेल मेस्सीले दुई गोल गर्नुका साथै एक गोलको लागि पास मिलाएका थिए ।
खेलको २९ औं मिनेटमा गोल गर्दै फ्रान्सिस्को ट्रिन्काओले बार्सिलोनलाई अगाडी बढाए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा कप्तान मेस्सीले टिमको अग्रता दोब्बर बनाए ।
५७ औं मिनेटमा एलाभेसका लागि लुइस रिओजाले एक गोल गरे ।
७४ औं मिनेटमा कप्तान मेस्सीले दिएको पासमा ट्रिन्काओले फेरी अर्को गोल थप्दै टिमलाई ३–१ मा पुयाए ।
त्यसको एक मिनेट पछि नै मेस्सीले टिमलाई चौथो गोल दिए । एन्टोनी ग्रिजम्यानको पासमा मेस्सीले गोल गरेका थिए ।
ग्रिजम्यानको मद्दतबाट बार्साले पाँचौ गोल पनि पायो । ८० औं मिनेटमा फेरी ग्रिजम्यानकै पासमा जुनियर फिर्पोले गोल गरेपछि बार्सा ५–१ को शानदार नतिजासहित विजयी बन्यो ।
जितसँगै बार्सिलोना अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । बार्साको २२ खेलबाट ४६ अंक छ । शिर्ष स्थानको एट्लेटिको म्याड्रिड बार्साभन्दा ८ अंकले अगाडी छ । उसले २१ खेलबाट ५४ अंक जोडेको छ ।
Categorized in स्पाेर्ट्स